News Griha :: न्यूजगृह
एमसीसीका उपाध्यक्ष अलफोर्ड काठमाडौंमा

काठमाडौं— मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी (अमेरिकी अनुदान परियोजना) का उपाध्यक्ष क्यामरुन एलफोर्ड मंगलबार काठमाडौं आइपुगेका छन् ।​

अलफोर्ड एमसीसी कार्यान्वयनको औपचारिक घोषणा हुने कार्यक्रममा सहभागी हुन काठमाडौं आएका हुन् । एमसीसी बुधबारदेखि कार्यान्वयन हुँदैछ ।

३ दिने नेपाल भ्रमणमा रहँदा उनले एमसीसीसँगै अन्य अमेरिकी परियोजना र स्थानीय सांस्कृतिक क्षेत्रमको भ्रमण गर्ने बताइएको छ ।

साथै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित प्रमुख राजनीतिक दलका नेताहरूलाई भेटघाट गर्ने कार्यक्रम छ ।

उनी भदाै १५ गते स्वदेश फर्किने बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १९:५४
Weather Update