News Griha :: न्यूजगृह
नौ सय साना उद्योग दर्ता हुँदा २५९ खारेज

कलैया— घरेलु तथा साना उद्योग कार्यालयले आर्थिक वर्ष २०७९–८० मा ८९९ घरेलु तथा साना उद्योग दर्ता गरेको छ । यसैगरी २५९ वटा साना उद्योग खारेज गरेको छ । 

कूल ८९९ घरेलु तथा साना उद्योग दर्ता र ८०६ वटा उद्योग नवीकरण गर्दा कूल एक करोड ३४ लाख ३५ हजार राजस्व संकलन भएको कार्यालय प्रमुख धर्मेन्द्रलाल कर्णले बताए । 

गत आर्थिक वर्ष साना घरेलु उद्योग ९८, वाणिज्यतर्फ (पसल) १६१ समेत गरी २५९ वटा साना उद्योग खारेज गरिएको थियो । चालु आर्थिक वर्ष दर्ता गरिएका उद्योगमा उत्पादनमूलक १३८ कृषि तथा वाणिज्य ४७१, सेवामूलक २८२, पर्यटन ४२, अन्य चार समेत गरी ८९९ उद्योग दर्ता भएका छन् । ती उद्योगमा चार हजार ४४४ जनाले रोजगार पाएको बताइएको छ ।

हालसम्म दर्ता रहेका ८६६ वटा र नवीकरण भएका एक हजार ५८ वटा उद्योगसहित कूल एक हजार ९३४ वटा उद्योग सञ्चालनमा रहेको छ । आव ०७८÷७९ मा महिला ८१० र पुरुष ९५६ उद्यमी रहेको उद्योगमा महिला तीन हजार १६८ पुरुष सात हजार ९४६ समेत गरी ११ हजार ११४ जनाले रोजगार पाएका थिए । 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १६:४९
Weather Update