News Griha :: न्यूजगृह
ईसीडी शिक्षकले बुझाए प्रधानमन्त्री प्रचण्डदेखि रवि लामिछानेसम्मलाई ज्ञापनपत्र

काठमाडौं— प्रस्तावित संघीय शिक्षा ऐनमा सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) का माग समावेश गराउन पहल गर्दै प्रधानमन्त्रीदेखि विभिन्न पार्टीका सांसद तथा नेताहरूलाई ज्ञापनपत्र बुझाइएको छ ।

ईसीडी शिक्षक मनिषा श्रेष्ठका अनुसार अहिले  बन्दै  गरेको शिक्षा  ऐनमा बालविकास शिक्षकहरूका मागमुद्दा,  हकअधिकार  सुनिश्चित हुने गरी लेखिनु पर्ने भन्दै प्रधानमन्त्रीदेखि मन्त्री, सांसद, नेताहरूलाई ज्ञापनपत्र बुझाएका छौं ।

उनले भनिन्,‘हामीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शिक्षा तथा स्वास्थ्य  सुरक्षा  प्रविधि  समितिका सभापति  भानुभक्त  जोशी, राष्ट्रिय स्वतन्त्र पार्टीका  सभापति  रवि लामिछाने, नेकपा एमालेका नेता गोकुल बास्कोटा, नेता शेरबहादुर बलायर, सांसद डा.चन्दा कार्की, पुष्पा शाहलगायतका माननीयज्यूहरूलाई ज्ञापनपत्र बुझाएका छौं ।’

 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ०७:४६
Weather Update