News Griha :: न्यूजगृह
नेपाली टोलीलाई अर्चुअल बैठकमा प्रधानमन्त्रीले भने– सरकार र नेपाली जनता साथमा छ

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन् ।

एसिया कप क्रिकेट खेल्न पाकिस्तानमा रहेका नेपाली टोलीलाई प्रधानमन्त्री प्रचण्डले भर्चुअल बैठकमार्फत शुभकामना दिएका हुन् ।

बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टोलीलाई भर्चुअल बैठकमा प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपाल सरकार र नेपाली जनता तपाईंहरूको साथमा छ, मेरो तर्फबाट शुभकामना, देश तपाईहरूको साथमा छ ।’

भर्चुअल बैठकमा नेपाली टोलीका कप्तान रोहित पौडेलले टोलीले राम्रो तयारी गरिरहेको बताएका थिए । नेपाली टोलीले बुधबार दिउँसो पाकिस्तानसँग खेल्दै छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ११:२४
Weather Update