सन्दर्भ गाईजात्रा : काठमाडौंका यी ठाउँमा सवारीसाधन प्रवेश रोक

काठमाडौं— गाईजात्रा पर्वलाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाले केही ठाउँमा सवारीसाधन प्रवेश रोक लगाएको छ ।
महानगरपालिकाले सार्वजनिक सूचना प्रकाशित गर्दै बिहीबार र शुक्रबार काठमाडौंका विभिन्न ठाउँमा सवारीसाधन प्रवेश रोक लगाएको हो ।
काठमाडौं महानगरका अनुसार असन–केलटोल–इन्द्रचोक मखन–जैशिदेवल ज्याबहाल–लगन चोक–हनुमानढोका दरबार परिसर–गोफल–ब्रम्हटोल–गोफल ब्रम्हटोल–मरू टोललगायत सडकमार्गमा सवारीसाधन प्रवेश रोक लगाएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८० ०८:५३













