प्रधानमन्त्रीसँग बेलायतका राजदूतले गरे भेटवार्ता

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि बेलायतका नवनियुक्त राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटमा उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी हुनाका साथै दुई देशबीच सहयोगका बारेमा छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिए ।
राजदूत फेनले नेपाल आएपछि प्रधानमन्त्री दाहालसँग पहिलो पटक भेटवार्ता गरेका हुन् ।
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८० १२:४४













