News Griha :: न्यूजगृह
एमसीसीविरुद्ध ४ कम्युनिस्ट पार्टीले प्रर्दशन गर्दै

काठमाडौं— अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता कार्यान्वयनविरुद्ध ४ कम्युनिस्ट पार्टीले संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।

उनीहरूले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै बुधाबार देशव्यापी संयुक्त विरोध प्रदर्शन गर्ने घोषणा गर्दै काठमाडौं उपत्यकामा माइतीघर मण्डलामा प्रर्दशन गर्ने जनाएका छन् । काठमाडौंको माइतीघर मण्डलामा दिउँसो ३ बजे संयुक्त विरोध प्रदर्शन गर्ने जनाएका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ०८:२२
Weather Update