News Griha :: न्यूजगृह
धरानमा ग्यास सिलिन्डर विस्फोट, घर जल्यो 
धरानमा ग्यास सिलिन्डर विस्फोट, घर जल्यो  आफन्त भेला भएर तीजको दर खाने तयारी भइरहेका बेला ग्यास सिलिन्डर अचानक पड्‌किँदा सीता धितालको घरमा आगलागी भएको हो । दमकल सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । आगो निभाउन करिब डेढ घण्टा लागेको थियो ।
वडाध्यक्षको निधनमा काठमाडौं महानगरमा भोलि शोक बिदा
वडाध्यक्षको निधनमा काठमाडौं महानगरमा भोलि शोक बिदा काठमाडौं महानगरपालिकाले भोलि शुक्रबार शोक बिदा दिएको छ । महानगरका प्रशासन विभागका प्रमुख दीपक अधिकारीका अनुसार वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरले महानगरमा शोक बिदा दिइएको हो ।
सदनमा राप्रपाले भन्यो— महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्ति पार्टी सदस्य होइनन्
सदनमा राप्रपाले भन्यो— महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्ति पार्टी सदस्य होइनन् बिहीबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै राप्रपाका महामन्त्री धवलशमशेर राणाले आफ्नो पार्टीले हिंसाको राजनीतिमा विश्वास नगर्ने बताए । ‘यो विषय प्रष्टै होस् त्यो व्यक्ति (आक्रमणकारी) हाम्रो पार्टीसित कुनै पनि प्रकारले संलग्न थिएन,’ महामन्त्री राणाले भने । आक्रमण गर्ने व्यक्तिलाई हुनपर्ने कारबाही होस् भनी उनले सरकारसँग माग गरे । 
कोशी सरकारविरुद्धको रिटमाथि जबाफी बहस सकियो, आजै फैसला आउने
कोशी सरकारविरुद्धको रिटमाथि जबाफी बहस सकियो, आजै फैसला आउने सर्वोच्च अदालतमा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मतविरुद्ध परेको रिटमाथि बहस सकिएको छ। कोशी सरकारविरुद्ध परेको रिटमाथि जबाफी बहस सकिएकाले आजै फैसला आउने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए।
विदेश भ्रमणमा जानु अघि व्यापक छलफल गर्न प्रधानमन्त्रीलाई सांसद राणाको सुझाव
विदेश भ्रमणमा जानु अघि व्यापक छलफल गर्न प्रधानमन्त्रीलाई सांसद राणाको सुझाव अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य धवल शमशेर राणाले प्रधानमन्त्री प्रचण्डले विदेश भ्रमणमा जानु अघि प्रयाप्त छलफल गर्न सुझाव दिएका छन् । बिहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले गम्भीर भएर राष्ट्रिय चासोको विषयमा छलफलसहितको तयारी आवश्यक रहेको बताए ।
नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ स्थगित
नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ स्थगित नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर थुनामा परेकाहरूले थुनामुक्त हुन उच्च अदालत पाटनमा दिएको निवेदनमाथिको सुनुवाइ स्थगित भएको छ । थुनामा परेका आरोपितहरुको कानुन व्यवसायीहरूको निवेदनका आधारमा सुनुवाइ स्थगित भएको हो । उक्त निवेदन न्यायाधीशद्वय सुभाष पौडेल र दीपेन्द्र अधिकारीको इजलासमा परेको थियो ।
हेलिकप्टरमार्फत गर्भवतीको उद्धार
हेलिकप्टरमार्फत गर्भवतीको उद्धार बुधबार बिहान १० बजे स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना भएकी राईलाई अत्यधिक रक्तश्राव भएपछि थप उपचारका लागि काठमाडौंको थापाथलीस्थित प्रसूति गृहमा पठाइएको  स्वास्थ्य शाखा प्रमुख पोख्रेलले बताइन् । स्वास्थ्य केन्द्रमा भर्ना भएकी राईलाई अत्यधिक रक्तश्राव भएको र बच्चा पनि उल्टो अवस्थामा भएपछि थापाथली प्रसूति गृह पठाइएको स्वास्थ्य शाखा प्रमुख पोख्रेलको...
वडाध्यक्ष रिजालको पार्थिव शरीरमा मेयर बालेनले ओढाए झण्डा
वडाध्यक्ष रिजालको पार्थिव शरीरमा मेयर बालेनले ओढाए झण्डा काठमाडौं महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्न उनको पार्थिव शरीर राष्ट्रिय सभा गृहमा राखिएको छ । सभागृह पुगेर मेयर बालेन साहले रिजालको पार्थिव शरीरमा काठमाडौं महानगरको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे । अन्य व्यक्तिहरू पनि लामबद्ध भएर रिजालप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।
सन्दीपविरुद्धको बलात्कार मुद्दा न्यायाधीश कार्कीको इजलासमा 
सन्दीपविरुद्धको बलात्कार मुद्दा न्यायाधीश कार्कीको इजलासमा  काठमाडौं जिल्ला अदालतमा विचाराधीन लामिछानेविरुद्धको बलात्कार मुद्दाको अन्तिम बहस पटकपटक स्थगित हुँदै आएकोमा बिहीबारका लागि पेसी तोकिएको छ । भदौ १० गते जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी थियो ।
वडाध्यक्ष रिजालको पार्थिव शरीर १२ बजेसम्म सभागृहमा राखिने, त्यसपछि पशुपतिमा अन्त्येष्टि
वडाध्यक्ष रिजालको पार्थिव शरीर १२ बजेसम्म सभागृहमा राखिने, त्यसपछि पशुपतिमा अन्त्येष्टि ११ बजेदेखि १२ बजेसम्म राष्ट्रिय सभागृहमा र १२ः३० बजेदेखि १ः३० बजेसम्म पशुपति मन्दिर परिसरमा श्रद्धाञ्जलीका लागि राखिने नेपाली कांग्रेस पार्टी कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । त्यसपछि आज दिउँसो २ः३० बजे दाहसंस्कार गर्ने कार्यक्रम रहेको पौडेलले जानकारी दिए । रिजालको आज बिहान ७ः३० बजे ग्राण्डी अस्पतालमा निधन भएको थियो...
वडाध्यक्ष रिजालको निधन भाइरल निमोनियाबाट
वडाध्यक्ष रिजालको निधन भाइरल निमोनियाबाट धापासीस्थित ग्राण्डी अस्पतालमा उपचाररत रिजालको बिहीबार बिहान ७ः३० बजे निधन भएको थियो । वडाध्यक्ष रिजाललाई उपचारका लागि भदौ १७ गते सोही अस्पताल भर्ना गरिएको थियो । अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका रिजालको दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) का कारण निधन भएको अस्पतालका स्वास्थ्य निर्देशक डा. विनोद विजुक्छेले बताए...
कांग्रेस सहमहामन्त्री यादवको स्वास्थ्य अवस्था स्थिर, शल्यक्रिया गरियो
कांग्रेस सहमहामन्त्री यादवको स्वास्थ्य अवस्था स्थिर, शल्यक्रिया गरियो उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. बद्री रिजालका अनुसार सहमहामन्त्री यादवको स्वास्थ्य अवस्था स्थिर र चिकित्सकको निगरानीमा सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको  छ । पूर्वमन्त्रीसमेत रहेका यादवको टाउकामा गम्भीर चोट लागेको र सीटी स्क्यान गर्दा कुनै पनि आन्तरिक चोट नदेखिएको डा....
Weather Update