News Griha :: न्यूजगृह
वडाध्यक्ष रिजालको पार्थिव शरीरमा मेयर बालेनले ओढाए झण्डा
तस्बिर : कविन अधिकारी/गोरखापत्र

काठमाडौं—  काठमाडौं महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्न उनको पार्थिव शरीर राष्ट्रिय सभा गृहमा राखिएको छ ।

सभागृह पुगेर मेयर बालेन साहले रिजालको पार्थिव शरीरमा काठमाडौं महानगरको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे । अन्य व्यक्तिहरू पनि लामबद्ध भएर रिजालप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

रिजालको आज बिहान ७ः३० बजे काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १२:३७
Weather Update