News Griha :: न्यूजगृह
वडाध्यक्षको निधनमा काठमाडौं महानगरमा भोलि शोक बिदा

काठमाडौं—  काठमाडौं महानगरपालिकाले भोलि शुक्रबार शोक बिदा दिएको छ ।

महानगरका प्रशासन विभागका प्रमुख दीपक अधिकारीका अनुसार वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरले महानगरमा शोक बिदा दिइएको हो ।

 उपचारको क्रममा रिजालको बिहीबार बिहान साढे ७ बजे निधन भएको थियो । अस्पतालका अनुसार रिजाललाई भाइरल निमोनियाको संक्रमण देखिएको थियो । 

 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १५:३७
Weather Update