News Griha :: न्यूजगृह
विदेश भ्रमणमा जानु अघि व्यापक छलफल गर्न प्रधानमन्त्रीलाई सांसद राणाको सुझाव

काठमाडौं— अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य धवल शमशेर राणाले प्रधानमन्त्री प्रचण्डले विदेश भ्रमणमा जानु अघि प्रयाप्त छलफल गर्न सुझाव दिएका छन् ।

बिहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले गम्भीर भएर राष्ट्रिय चासोको विषयमा छलफलसहितको तयारी आवश्यक रहेको बताए ।

उनले भने ‘प्रधानमन्त्रीले भ्रमणमा समितिको सल्लाह र सुझाव लिएर जाँदा राम्रो हुन्थ्यो । अहिले चिनियाँ राजदूतले बोलेको जस्तो विषयमा अन्य मुलुकले पनि बोल्न थाले भने हाम्रो नियन्त्रणभन्दा बाहिर जानसक्छ ।’

सीमा क्षेत्रमा नागरिकले दुःख पाएको गुनासो बढिरहेको र  लामो लाइन लगाएर भन्सार जाँच गर्ने र १०० रुपैयाँको समानमा भन्सार खोज्दा जनताले दुःख पाएको उनको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १३:२३
Weather Update