News Griha :: न्यूजगृह
नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ स्थगित

काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर थुनामा परेकाहरूले थुनामुक्त हुन उच्च अदालत पाटनमा दिएको निवेदनमाथिको सुनुवाइ स्थगित भएको छ ।

थुनामा परेका आरोपितहरुको कानुन व्यवसायीहरूको निवेदनका आधारमा सुनुवाइ स्थगित भएको हो । उक्त निवेदन न्यायाधीशद्वय सुभाष पौडेल र दीपेन्द्र अधिकारीको इजलासमा परेको थियो ।

नक्कली शरणार्थी प्रकरणमा मुछिएर जिल्ला अदालत काठमाडौंको आदेशले थुनामा परेका १६ जना नै त्यो आदेश बदर हुनुपर्ने माग राखी उच्च अदालत गएका थिए ।


धरौटीमा छुटेका दुई जनालाई थुनामा राख्नुपर्ने भनी सरकारी वकिलको कार्यालयले पनि निवेदन दिएको छ । सबै निवेदनमाथिको सुनुवाइ स्थगित भएको हो ।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १३:१८
Weather Update