News Griha :: न्यूजगृह
नेपाल र अमेरिकी सेनाले संयुक्त अभ्यास गर्दै 
नेपाल र अमेरिकी सेनाले संयुक्त अभ्यास गर्दै  नेपाली सेना र संयुक्तराज्य अमेरिकाको सेनाबीच नियमितरुपमा सञ्चालन हुँदै आएको ‘ज्वाइन्ट कम्बाइन्ड एक्सचेञ्ज ट्रेनिङ’को ४० औं संस्करण यही भदौ २४ गतेदेखि सुरु हुने भएको छ ।
राजनीतिक कार्यक्रममा सहभागी नहुन शिक्षकलाई निर्देशन
राजनीतिक कार्यक्रममा सहभागी नहुन शिक्षकलाई निर्देशन गण्डकी गाउँपालिकाले शिक्षकलाई राजनीतिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ ।
सहमहामन्त्री यादवमाथि सांघातिक हमलाको कांग्रेसद्वारा निन्दा
सहमहामन्त्री यादवमाथि सांघातिक हमलाको कांग्रेसद्वारा निन्दा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार भएको सांघातिक हमलालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिई घटनाको निन्दा गरेको छ । घटनाको कांग्रेसले घोर निन्दा र भर्त्सना गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अस्ट्रेलियामाथि लगाइएको चौपाया निर्यात प्रतिबन्ध हट्यो
अस्ट्रेलियामाथि लगाइएको चौपाया निर्यात प्रतिबन्ध हट्यो  मलेसियाले अस्ट्रेलियामाथि लगाएको चौपाया निर्यात प्रतिबन्ध हटाएको छ । उक्त देशबाट आयात गरिएका गाईभैंसीमा छाला रोग (एलएसडी) लागेको इन्डोनेसियाले पत्ता लगाएपछि मलेसियाले पनि अस्थायी प्रतिबन्ध लगाएको थियो ।
कर्मचारी र शिक्षकलाई ३५ प्रतिशत थप प्रोत्साहन भत्ता
कर्मचारी र शिक्षकलाई ३५ प्रतिशत थप प्रोत्साहन भत्ता पर्वतको महाशिला गाउँपालिकाले शैक्षिक सुधारका लागि गाउँपालिकाभित्रका विद्यालयमा आवासीय कक्षा सञ्चालन गरेको छ । सो कक्षा सञ्चालन गरेपछि विद्यालयका शिक्षक तथा कर्मचारीलाई प्रोत्साहन भत्ता पनि दिने गरेको छ ।
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप भदौ २७ देखि, कुन-कुन अस्पतालमा लगाउन सकिन्छ? 
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप भदौ २७ देखि, कुन-कुन अस्पतालमा लगाउन सकिन्छ?  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले एचपीभी खोपको शुभारम्भ परोपकार प्रसूति तथा रोग अस्पतालबाट गर्ने तयारी भइरहेको जानकारी दिए । अस्पतालको ६४ औँ वार्षिकोत्सव समारोहमा आयोजित कार्यक्रममा भिडिओ सन्देशमार्फत उनले सातै प्रदेशका सात अस्पतालबाट एचपीभी खोप लगाउने बताए । उनका अनुसार गत असारमा सरकारले चीनबाट २० हजार मात्रा पाठेघरको मुखको...
राष्ट्रपतिले गरे पाटनस्थित कृष्ण मन्दिरको दर्शन
राष्ट्रपतिले गरे पाटनस्थित कृष्ण मन्दिरको दर्शन प्रत्येक वर्ष भाद्र कृष्णाष्टमी अर्थात् आजका दिन राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्ने परम्परा रहिआएको छ । सो अवसरमा राष्ट्रपति पौडेलले मन्दिरका पुजारीबाट फूल एवं प्रसाद ग्रहण गरेका छन् । सोही अवसरमा राष्ट्रपति पौडेलले पाटन दरबार क्षेत्रका सांस्कृतिक सम्पदाको अभिरुचिपूर्वक अवलोकनसमेत गरेका छन् ।
ललिता निवासको जग्गा छिट्टै सरकारको नाममा दर्ता हुन्छ : मन्त्री श्रेष्ठ
ललिता निवासको जग्गा छिट्टै सरकारको नाममा दर्ता हुन्छ : मन्त्री श्रेष्ठ उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले बालुवाटारमा रहेको ललिता निवासको जग्गा छिट्टै सरकारको नाममा ल्याउने दाबी गरेका छन् । चितवनको माडीमा बुधबार उनले ललिता निवास जग्गा सरकारको स्वामित्वमा ल्याउन ठोस पहल थालिएको दाबी गर्दै  छिटै सरकारकै नाममा दर्ता हुने जिकिर गरे । 
किमाथाङ्का नाका चाँडै सञ्चालनमा ल्याउँछौँ : परराष्ट्रमन्त्री साउद
किमाथाङ्का नाका चाँडै सञ्चालनमा ल्याउँछौँ : परराष्ट्रमन्त्री साउद बुधबार तुम्लिङटार विमानस्थलमा पत्रकारसँग उनले उत्तरी क्षेत्रको किमाथाङ्का नाका चाँडै सञ्चालनमा ल्याइने बताएका हुन् ।  किमाथाङ्का नाकालाई स्तरवृद्धि गरेर पुनः सञ्चालनमा ल्याइने परराष्ट्रमन्त्री साउदले बताए । किमाथाङ्का नाका खोल्न चीन सरकारसमेत सकारात्मक भएका कारण नाका चाँडै सञ्चालनमा ल्याइने उनको भनाइ छ । 
५१ वटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा, कहाँकहाँ छन्? 
५१ वटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा, कहाँकहाँ छन्?  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले यी चार्जिङ स्टेसनको संयूक्त रुपमा उद्घाटन गरे । प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलीयतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना अन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरुमा ५१ वटा विद्युतीय चार्जिङ...
काठमाडौंमा ‘सिंहदरबार’ जस्तै अब जनकपुरमा ‘जनक दरबार’
काठमाडौंमा ‘सिंहदरबार’ जस्तै अब जनकपुरमा ‘जनक दरबार’ बुधबार जनकपुरधामको बेंङ्गाशिवपुरमा श्रीकृष्ण जन्माष्टमी मेला तथा कलश यात्राको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले जनकपुरधामको बाउन्न बिघा  जमिनमा  प्रदेशको हरेक मन्त्रालय र मुख्य प्रशासनिक इकाई बनाएर जनक दरबारको रुपमा स्थापित गर्ने बताए ।
सुक्न थाल्यो सबैभन्दा उच्च स्थानको ‘नेभिगेबल ताल’
सुक्न थाल्यो सबैभन्दा उच्च स्थानको ‘नेभिगेबल ताल’ दक्षिण अमेरिकी मुलुक पेरु र बोलिभियाको सीमानामा पर्ने विश्वकै सबैभन्दा उच्च स्थानमा रहेको टिटिकाका (नेभिगेबल ताल) द्रुतगतिमा सुक्दै गएको छ ।अकल्पनीय चिसोतातो लहरका कारण तालको पानी कम हुँदै गएको हो । तालको पानीमा देखिएको आश्चर्यजनक गिरावटले जीविकोपार्जनका लागि यस तालमा निर्भर स्थानीयहरू समस्यामा परेका छन् । पर्यटन पेसमा संलग्न, माछा...
Weather Update