News Griha :: न्यूजगृह
खुकुरी प्रहारबाट घाइते सहमहामन्त्री यादवको स्वास्थ्य अवस्था बुझ्न देउवा ट्रमा सेन्टरमा

काठमाडौं— खुकुरी प्रहारबाट बुधबार दिउँसो घाइते भएका नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था बुझ्न सभापति शेरबहादुर देउवा ट्रमा सेन्टर पुगेका छन् ।

सहमहामन्त्री यादवको स्वास्थ्य अवस्था बुझ्न सभापति देउवा साढे ४ बजे ट्रमा सेन्टर पुगेको उनका प्रमुख स्वकीय सचिव भानु देउवाले न्यूजगृहलाई जानकारी दिए ।

रिपोटर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रम सकेर फर्किने क्रममा कांग्रेस सहमहामन्त्री यादवमाथि नुवाकोटको विदुर नगरपालिका-७ घर भएका ४७ वर्षीय श्याम सापकोटाले सांघातिक आक्रमण गरेका थिए ।

खुकुरी प्रहारबाट यादवको टाउकोमा चोट लागेको छ ।

 

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १८:१५
Weather Update