News Griha :: न्यूजगृह
राजनीतिक कार्यक्रममा सहभागी नहुन शिक्षकलाई निर्देशन

गोरखा— गण्डकी गाउँपालिकाले शिक्षकलाई राजनीतिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ ।

पालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक विभिन्न राजनीतिक दलका कार्यक्रममा सहभागी भएको गुनासा आएपछि गाउँपालिकाले सो निर्देशन दिएको हो ।

गाउँपालिकाले सोमबार सूचना जारी गर्दै शिक्षकलाई राजनीतिक कार्यक्रममा सहभागी नहुन भनेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटीले गाउँपालिकाको निर्देशन उल्लंघन गरी राजनीतिक कार्यक्रममा सहभागी भएको पाइएमा विभागीय कारबाही हुने उल्लेख गरेका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १७:४७
Weather Update