News Griha :: न्यूजगृह
ट्रमा सेन्टरमा कार्यरत डाक्टर मृत भेटिए
ट्रमा सेन्टरमा कार्यरत डाक्टर मृत भेटिए सप्तकोशी नदीको पुलमा कार छोडेर बेपत्ता भएका डाक्टर प्रज्ज्वल कोइरालाको शव फेला परेको छ । झापा, दमक नगरपालिका–१ का उनी मोरङ उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरमा कार्यरत थिए। ३२ वर्षीय कोइरालाको शव मंगलबार अपराह्न फेला परेको प्रहरीले जनाएको छ ।  
सर्‍यो कक्षा १२ को ग्रेड वृद्धि परीक्षा
सर्‍यो कक्षा १२ को ग्रेड वृद्धि परीक्षा राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको मिति सरेको जनाएको छ ।
पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो
पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो हिन्दु धर्मका अनुसार द्वापर युगमा भाद्र कृष्ण अष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रुपमा मानिन्छ । भाद्र कृष्ण अष्टमीकै दिन भगवान् श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने चलन छ ।
मिथिलामा श्रीकृष्ण जन्माष्टमीको उल्लास
मिथिलामा श्रीकृष्ण जन्माष्टमीको उल्लास श्रीकृष्ण हिन्दु परम्परामा सोह्रै कलायुक्त श्रीविष्णुका अवतार मानिन्छन् । दुष्टको संहार गर्ने र सत्यको पक्षमा उभिन सबैलाई प्रेरित गर्ने श्रीकृष्णलाई सम्झदै पर्वको अवसरमा कंशवध, गोकुलका बाललीला, गोवर्द्धन पर्वत पूजा परम्परासहितका नाटक कतिपय ठाउँमा आयोजित छन् ।
के आज वर्षाको सम्भावना छ ? यस्तो छ मौसम पूर्वानुमान
के आज वर्षाको सम्भावना छ ? यस्तो छ मौसम पूर्वानुमान जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।
श्रीकृष्ण जन्माष्टमी पर्वले आपसी सद्भाव कायम गर्नेछ : राष्ट्रपति पौडेल
श्रीकृष्ण जन्माष्टमी पर्वले आपसी सद्भाव कायम गर्नेछ : राष्ट्रपति पौडेल राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्दै सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्न सहयोग पुर्‍याउने अपेक्षा लिएका छन् ।
श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै, कृष्ण मन्दिरमा भक्तजनको भीड
श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै, कृष्ण मन्दिरमा भक्तजनको भीड ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । 
न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको छ : कानुनमन्त्री गुरुङ
न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको छ : कानुनमन्त्री गुरुङ कानुनमन्त्री धनराज गुरुङले न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको बताएका छन् । कानुन, न्याय तथा मानव अधिकार समितिको मंगलबारको बैठकमा उनले सो कुरा बताएका हुन् ।
नवलपरासीमा नगर प्रहरीमाथि तस्करको आक्रमण
नवलपरासीमा नगर प्रहरीमाथि तस्करको आक्रमण नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकामा नदीजन्य पदार्थ चोरी गर्न गएको समूहको आक्रमणबाट एक महिला नगर प्रहरी गम्भीर घाइते भएकी छिन् ।
नगदसहित ५ जुवाडे पक्राउ
नगदसहित ५ जुवाडे पक्राउ
विद्युत् प्राधिकरणका कर्मचारी घुससहित पक्राउ
विद्युत् प्राधिकरणका कर्मचारी घुससहित पक्राउ नेपाल विद्युत् प्राधिकरण सुनसरी, इनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान घुस रकमसहित पक्राउ परेका छन् ।
Weather Update