News Griha :: न्यूजगृह
विद्युत् प्राधिकरणका कर्मचारी घुससहित पक्राउ

काठमाडौं— नेपाल विद्युत् प्राधिकरण सुनसरी, इनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार नेपाल विद्युत् प्राधिकरणका फोरम्यान विर्जु कुमार महतोलाई २५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।

महतोलाई उद्योगमा विद्युत् क्षमतावृद्धि गरिदिएबापत सेवाग्राहीसँग सो रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

उनको भनाइमा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १८:३३
Weather Update