News Griha :: न्यूजगृह
पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुर— ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा बुधबार बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।  श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुँइचो लागेको हो ।

patan krishna mandir1693971021.jpg

हिन्दु धर्मका अनुसार द्वापर युगमा भाद्र कृष्ण अष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रुपमा मानिन्छ । भाद्र कृष्ण अष्टमीकै दिन भगवान् श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने चलन छ ।

धर्मग्रन्थमा उल्लेख भएअनुसार नै आज पाटनको कृष्ण मन्दिरमा पूजा आराधना हुँदै छ । हरेक वर्ष जन्माष्टमीमा कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ ।

krishna-mandir-patan1693966555.jpg

विगतका वर्षहरूमा भने कोरोनाका कारण मन्दिरमा घुइँचो कम थियो ।  पूजा अर्चनाका लागि मन्दिरको दक्षिण र उत्तरतर्फ भक्तजन लामबद्ध भएका छन् ।

patam krishna mandir medical checkup1693971021.jpg

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  ०८:००
Weather Update