कोशी प्रदेश सरकारविरुद्धको मुद्दा हेर्दाहेर्दैमामंगलबार, भदौ १९, २०८०

मन्त्रिपरिषद् बैठक : ५८ सहसचिवको सरुवा मंगलबार, भदौ १९, २०८० सरकारले ५८ जना सहसचिवको अन्तरमन्त्रालय र अन्तरनिकायगत सरुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ५८ जना सहसचिवलाई संघ, प्रदेश र स्थानीय तहमा सरुवा गरेको हो ।
चीनको ग्रेटवाल भत्काउने २ पक्राउ मंगलबार, भदौ १९, २०८० चीनको विशाल पर्खाल अर्थात् ग्रेटवाल भत्काएको अभियोगमा २ जनालाई पक्राउ गरिएको छ ।

कहिले हुन्छ शिक्षा विधेयक संसदमा टेबुल ? यस्तो छ शिक्षामन्त्रीको भनाइ मंगलबार, भदौ १९, २०८० शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विदेश भ्रमण अगाडि विद्यालय शिक्षासम्बन्धी विधेयक संघीय संसदमा टेबुल हुने बताएका छन् ।
फोहोर व्यवस्थापन गर्न तीनै तहका सरकार गम्भीर बन्नुपर्छ : प्रधानमन्त्री मंगलबार, भदौ १९, २०८० प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार उनले काठमाडौंको फोहोर व्यवस्थापन, फोहोरको दीर्घकालीन समाधान र सरकारको तर्फबाट चाल्नुपर्ने कदमबारे सरोकारवाला पक्ष तथा निकायसँग छलफल गरेका हुन् ।
कर्मचारीले मन्त्रीका कुरा मान्नुपर्छ : सभापति देउवा मंगलबार, भदौ १९, २०८० नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निजामती कर्मचारीले मन्त्रीको कुरा मान्नुपर्ने बताएका छन् । निजामती कर्मचारी युनियनको स्थापना दिवसमा पार्टी सम्बद्ध युनियनले आयोजना गरेको कार्यक्रममा उनले मन्त्रीका कुरा कर्मचारीले मान्नुपर्ने र समझदारीमा नै दुई पक्षले काम गर्नुपर्नेमा जोड दिए ।
लोडसेडिङका कारण पठनपाठनमा समस्या मंगलबार, भदौ १९, २०८० विद्युत जडान भएपनि बिहानको समयमा लोडसेडिङ हुने हुँदा कक्षामा पढाई सञ्चालन गर्न मोबाइलको टर्च बाल्नु पर्ने अवस्था आइपरेको आंशिक प्राध्यापक शिवराज शर्माले बताए । हिल्दुम विद्युत् वितरण केन्द्रले लोडसेडिङ गर्दा बिहानी कक्षामा पढाउन समस्या भएको उनको भनाइ छ । बिहान ६ बजेदेखि पठनपाठन गर्नुपर्ने र त्यसबेला अँध्यारै हुने भएकाले मोबाइलको...

कर्मचारी देशको स्थायी सरकार हो : डा. कोइराला मंगलबार, भदौ १९, २०८० नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले कर्मचारी भनेको देशको स्थायी सरकार हो भन्ने कुरा सबैले बुझ्न जरुरी रहेको बताए । कोइरालाले भने, ‘कर्मचारीको मनोबल खस्किएको सुनिन्छ, किन भन्दा १० वर्ष भइसक्यो निजामती सेवा ऐन अझै हामीले ल्याउन सकेको छैनौँ । कर्मचारी भन्ने बित्तिकै सरकार हो भन्ने...

त्रिभुवन विश्वविद्यालयमा स्वचालित प्रणाली लागू मंगलबार, भदौ १९, २०८० अब त्रिविमा सम्पूर्ण कार्यालयमा हुने दर्ता, चलानी, टिप्पणी, पत्रव्यवहार, परिपत्र र निर्णयका लागि माथिल्लो निकायमा पेस गरिने कागजात स्वचालित प्रणालीमार्फत सम्पादन हुनेछन् । त्रिवि केन्द्रीय कार्यालयमा सो प्रणाली गत साउन १ गतेदेखि नै लागू भएको थियो । हालसम्म पाँच सय २९ युजर आइडी कार्यान्वयनमा छन् ।

मुस्ताङ पुगेर गृहमन्त्रीले भने— कागबेनी बस्ती व्यवस्थित र उन्नत ढंगले पुननिर्माण गर्छौ मंगलबार, भदौ १९, २०८० मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा स्थलगत निरीक्षण गर्न पुगेका गृहमन्त्री श्रेष्ठले कागबेनीमा बाढीले क्षति पुर्याएका भवन, सडक, पुललगायतका भौतिक संरचनाको महत्व र तत्कालको आवश्यकताको आधारमा तीनै तहका सरकार सँग समन्वय गरी मुख्य योजना बनाएरै पुननिर्माणमा लाग्ने बताए ।

क्यानडा जाने लोभमा ३४ लाख डुब्यो मंगलबार, भदौ १९, २०८० वैदेशिक रोजगारीका लागि क्यानडा जान पाइने लोभमा नक्कली विज्ञापनको भर पर्दा नेपालीहरू ठगीमा परेका छन् । ३४ लाख ठगिएपछि मात्रै उनीहरु आफू ठगीमा परेको सुइँको पाएका थिए । त्यसपछि उनीहरु प्रहरीको सम्पर्कमा आइपुगेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।

एकीकृत समाजवादी पार्टीका उपमहासचिव खतिवडालाई मातृशोक मंगलबार, भदौ १९, २०८० उनकी आमा मालती खतिवडाको ८० वर्षको उमेरमा मंगलबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको सो पार्टीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए । मालतीका एक छोरा र तीन छोरी छन् ।

पुटिनलाई भेट्न किम जोङ उन रूस जाने मंगलबार, भदौ १९, २०८० बीबीसीका अनुसार उन सेप्टेम्बर महिनाभित्र रूस जाने तयारीमा छन् । समाचार अनुसार उन राजधानी प्योङयाङबाट रेल चढेर प्रशान्त महासागरको किनारमा रहेको रूसी सहर भ्लादिभोस्तोक जाने तयारी छ। युक्रेनसँगको युद्ध लडिरहेका पुटिनलाई भेटेर उनले हतियार उपलब्ध गराउने विषयमा कुरा गर्ने बीबीसीले उल्लेख गरेको छ। त्यसको बदलामा रूसबाट खाद्यान्न ल्याउने डिल हुनसक्ने...









