News Griha :: न्यूजगृह
पुटिनलाई भेट्न किम जोङ उन रूस जाने

काठमाडौं— रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न उत्तर कोरियाली नेता किम जोङ उन रूस जाने भएका छन् ।

बीबीसीका अनुसार उन सेप्टेम्बर महिनाभित्र रूस जाने तयारीमा छन् । समाचार अनुसार उन राजधानी प्योङयाङबाट रेल चढेर प्रशान्त महासागरको किनारमा रहेको रूसी सहर भ्लादिभोस्तोक जाने तयारी छ। युक्रेनसँगको युद्ध लडिरहेका पुटिनलाई भेटेर उनले हतियार उपलब्ध गराउने विषयमा कुरा गर्ने बीबीसीले उल्लेख गरेको छ। त्यसको बदलामा रूसबाट खाद्यान्न ल्याउने 'डिल' हुनसक्ने समेत समाचारमा उल्लेख छ ।  

उनको भ्रमणबारे तयारी गर्न केही दिनअघि उत्तर कोरियाली टोलीले रूसको भ्रमण गरेको थियो । उत्तर कोरियाली शासक उन बिरलै विदेश भ्रमण गर्छन्। विदेश भ्रमणमा जाँदा उनी रेलमा यात्रा गर्छन्।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  ११:२५
Weather Update