एकीकृत समाजवादी पार्टीका उपमहासचिव खतिवडालाई मातृशोक

काठमाडौं— नेकपा एकीकृत समाजवादी पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई मातृशोक परेको छ ।
उनकी आमा मालती खतिवडाको ८० वर्षको उमेरमा मंगलबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको सो पार्टीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए । मालतीका एक छोरा र तीन छोरी छन् ।
उनको आजै अपरान्ह १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारीक स्रोतले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८० ११:४५













