कहिले हुन्छ शिक्षा विधेयक संसदमा टेबुल ? यस्तो छ शिक्षामन्त्रीको भनाइ

काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विदेश भ्रमण अगाडि विद्यालय शिक्षासम्बन्धी विधेयक संघीय संसदमा टेबुल हुने बताएका छन् ।
विधेयकमा आफूहरूको मुद्दा सम्बोधन गरी छिटो ल्याउन ध्यानाकर्षण गर्न मंगलबार सिंहदरबारस्थित कार्यकक्षमा पुगेको नेपाल शिक्षक महासंघको टोलीलाई उनले उक्त जानकारी गराएका हुन् ।
उक्त विधेयक एक महिनाअघि मन्त्रिपरिषद्बाट पारित भए पनि सरोकारपक्षको विरोधका कारण मन्त्रिपरिषद्मै पुनः विचारको स्थितमा छ ।
विधेयकमा समेटिनुपर्ने सरोकारवालाका विषयलाई सम्बोधन गर्न उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा कार्यदल गठन गरिएको छ ।
प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन यही भदौ अन्तिम साता संयुक्त राज्य अमेरिका जाँदै छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८० १७:१२













