न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको छ : कानुनमन्त्री गुरुङ

काठमाडौं— कानुनमन्त्री धनराज गुरुङले न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको बताएका छन् । कानुन, न्याय तथा मानव अधिकार समितिको मंगलबारको बैठकमा उनले सो कुरा बताएका हुन् ।
उनले भने, ‘न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको छ । अन्य ६ जना तथा एक जना मुख्यन्यायाधीश र ५० भन्दा बढी न्यायाधीश खाली हुँदै गएकाे र त्यहाँ पूर्ति गर्ने क्रम सुरु भएकाे छ ।’
मन्त्री गुरुङले समितिको बैठकमा बारम्बार आफूलाई संसदीय सुनुवाइ समितिको बैठक छल्न खोजेको आरोप लागेको भन्दै त्यो आरोपलाई ठाडै अस्वीकार गरे ।
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८० २१:१३













