नगदसहित ५ जुवाडे पक्राउ

हुम्ला— हुम्लाको सिमकोट गाउँपालिका–५ बजार क्षेत्रको एक घरबाट नगदसहित ५ जुवाडे पक्राउ परेका छन् ।
गोप्य सूचनाको आधारमा मंगलबार बेलुका जुवाको खालबाट ५ जनालाई नगदसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बेलुका जुवाको खालबाट ५ जना जुवाडे र नगद एक लाख ६३ हजार ३४५ रुपैयाँ नियन्त्रणमा प्रहरी लिन सफल भएको बताए ।
जुवा खेली रहेको सूचना प्रहरीले जानकारी पाएपछि प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईको नेतृत्वमा गएको प्रहरीको टोलीले नगद र जुवाडे नियन्त्रणमा लिएको हो ।
प्रहरीले जुवा खालबाट जुवाडे, नगद, मोबाइल र बिच्छाइएका कपडासमेत नियन्त्रणमा लिएको छ । नियन्त्रण रहेका जुवाडेविरुद्ध प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८० १९:०६













