News Griha :: न्यूजगृह
राष्ट्रपतिबाट सात प्रदेशका उत्कृष्ट शिक्षक सम्मानित

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले सात प्रदेशका उत्कृष्ट शिक्षकलाई सम्मान गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार आयोजित सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले सात प्रदेशका उत्कृष्ट शिक्षकलाई पुरस्कार एवम् सम्मान प्रदान गरेका हुन् ।

उत्कृष्ट शिक्षकहरूमा कोशी प्रदेशका सोमप्रसाद गौतम (फिक्कल), बाग्मतीकी कमला राई (काठमाडौं, गण्डकीकी टुकादेवी आचार्य (कास्की), लुम्बिनीका गोपालप्रसाद बस्याल (पाल्पा), कर्णालीका जयबहादुर बस्नेत (डोल्पा) र सुदूरपश्चिमका जीतबहादुर चौधरी (कैलाली) पुरस्कृत भएका हुन् ।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १८:४८
Weather Update