News Griha :: न्यूजगृह
५१ वटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा, कहाँकहाँ छन्? 

काठमाडौं — नेपाल विद्युत् प्राधिकरणले देशका विभिन्‍न ठाउँमा निर्माण गरेका ५१ वटा चार्जिङ स्टेसन सञ्चालनमा आएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले यी चार्जिङ स्टेसनको संयूक्त रुपमा उद्घाटन गरे । प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलीयतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना अन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरुमा ५१ वटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा आएका हुन् । यी स्टेसनबाट सवारी साधन छिटो चार्ज गर्न मिल्ने प्राधिकरणले जनाएको छ ।

करिब ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएका चार्जिङ स्टेसनमध्ये २६ वटामा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटामा सानार ठूला कारहरु चार्ज गर्न मिल्ने छन् । प्राधिकरणका अनुसार चार्ज गर्दा प्रतिकिलोमिटर दूरीका लागि कारहरुमा औसत ७० पैसा, एसयूभीहरुमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसहरुमा १ रुपैयाँ २० पैसा खर्च लाग्छ । नेपालमा उपलब्ध सवारी साधनहरुमा रहेको ब्याट्री क्षमता अनुसार कम्तीमा आधा घण्टादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुन सक्ने प्राधिकरणले जनाएको छ ।

हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन विलिङ प्रणालीको जडान गरिएको छ । चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जरहरु राखिएका छन् । यसबाट ठूला बससहित तीन वटा सवारी साधन एक साथ चार्ज गर्न सकिने छ ।
उद्घाटन अवसरमा मन्त्री बस्नेतले विद्युतीय सवारी साधनहरुको प्रवर्द्धन र विस्तारको लागि आवश्यक सहुलियत प्रदान गर्न र अनुकुल वातावरण बनाउन सरकार तयार रहेको बताए । आगामी दिनमा देशव्यापी रुपमा चार्जिङ स्टेसन विस्तार हुने उनको भनाइ छ ।

‘विद्युतीय गाडी (ईभी)मार्फत नै हरित र दिगो विकासमा महत्त्वपूर्ण योगदान गर्नसक्ने विश्वास लिएका छौं’ मन्त्री बस्नेतले भने ‘विद्युतीय सवारी साधनहरुले जलवायु परिवर्तनबाट उत्पन्न भएको समस्या न्यूनीकरणमा महत्त्व राख्छ । सँगै नेपालको आर्थिक विकास र समग्र यातायात विकासमा योगदान पुग्नेछ ।’ त्यस्तै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधानको प्रयोगलाई प्रवर्द्धन गर्न चार्जिङ स्टेसन स्थापना गरिएको बताए ।

विद्युतीय सवारी साधन पेट्रोलियम पदार्थबाट चल्नेभन्दा १५/२० गुणा सस्तो पर्ने उल्लेख गर्दै घिसिङले यसबाट देशको वैदेशिक मुद्रा सञ्चितिमा पनि सकारात्मक योगदान पुग्ने बताए । प्राधिकरणले देशभर थप ५ सय वटा चार्जिङ स्टेसन स्थापना गर्न लागेको उनको भनाइ छ । ‘आन्तरिक रुपमा विद्युत् खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र विद्युतीय सवारी साधन प्रयोगमार्फत वातावरण मैत्री यातायात प्रणालीको विकासका चार्जिङ स्टेसन स्थापना गरिएको हो’ उनले भने ।

चार्जिङ स्टेसन सञ्चालनमा आएका स्थानहरू

स्थान

जिल्ला

सङ्ख्या

 

धार्के

धादिङ

 

मुग्लिङ

चितवन

 

साझा सेवा बल्खु

काठमाडौं

 

साझा सेवा पुल्चोक

ललितपुर

 

नेपाल विद्युत प्राधिकरणरत्नपार्क

काठमाडौं

 

नेपाल पुलिस क्लबभृकुटीमण्डप

काठमाडौं

 

पारस बसपार्क

चितवन

 

खुर्कोट

सिन्धुली

 

सिन्धुली बसपार्क

सिन्धुली

 

इलाका प्रहरी कार्यालय बर्दिबास

महोत्तरी

 

हरिवन

सर्लाही

 

इनरुवा बसपार्क

सुनसरी

 

प्रहरी पेट्रोल पम्पलाहान

सिराहा

 

कालिका फ्युल सेन्टरमालेपाटनपोखरा

कास्की

 

पर्यटक बसपार्क पोखरा

कास्की

 

दमक बसपार्क

झापा

 

बेलका नगरपालिका

उदयपुर

 

बिर्तामोड बसपार्क

झापा

 

सुर्खेत बसपार्क

सुर्खेत

 

हेटौडारातमाटे

मकवानपुर

 

विद्युत प्राधिकरण तालिम केन्द्र खरिपाटी

भक्तपुर

 

प्रहरी पेट्रल पम्पसामाखुसी

काठमाडौं

 

बेगनास तालपोखरा

कास्की

 

बुटवल बसपार्क

रुपन्देही

 

इटहरी

सुनसरी

 

विराटनगर

मोरङ

 

कोहलपुर नयाा बसपार्क

बााके

 

धनगढी

कैलाली

 

त्रिशूली हावा घर

नुवाकोट

 

बट्टारत्रिशूली

नुवाकोट

 

कुश्मा

पर्वत

 

लमही बसपार्क

दाङ

 

लम्की

कैलाली

 

जम्मा

५१

स्रोत : नेपाल विद्युत् प्राधिकरण

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १३:२१
Weather Update