News Griha :: न्यूजगृह
सहमहामन्त्री यादवमाथि सांघातिक हमलाको कांग्रेसद्वारा निन्दा

काठमाडौं— नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार भएको सांघातिक हमलालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिई घटनाको निन्दा गरेको छ ।

घटनाको कांग्रेसले घोर निन्दा र भर्त्सना गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

रिपोर्टर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा भएको आक्रमणपछि घाइते यादवको अहिले काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको पनि उनले बताए ।

यादवमाथि आक्रमण गर्ने व्यक्ति र त्यसको पछि हुनसक्ने जो कोही व्यक्ति वा समूह उपर गहिरो अनुसन्धान गरेर कडाभन्दा कडा कारबाही गर्न कांग्रेसले सरकारसँग जोडदार माग गरेको छ ।

कांग्रेसले सहमहामन्त्री महेन्द्र यादवको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १७:३५
Weather Update