धरानमा ग्यास सिलिन्डर विस्फोट, घर जल्यो

सुनसरी— सुनसरीको धरान उपमहानगर–१५बाझगरास्थित मदन आश्रित मार्गमा बिहीबार बिहान आगलागी हुँदा एक घर जलेर पूर्ण रूपमा नष्ट भएको छ ।
आफन्त भेला भएर तीजको दर खाने तयारी भइरहेका बेला ग्यास सिलिन्डर अचानक पड्किँदा सीता धितालको घरमा आगलागी भएको हो । दमकल सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । आगो निभाउन करिब डेढ घण्टा लागेको थियो ।
धिताल परिवारका अनुसार दराजमा राखेको करिब गरगहना, नगद, र अन्य महत्त्वपूर्ण सामानसहित लाखौंको धनमाल नष्ट भएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८० १५:४३













