News Griha :: न्यूजगृह
अमरेशको दाबी— सुन तस्करीमा संलग्न पूर्व आईजीपीलाई अख्तियार प्रमुख बनाउन खोजिँदैछ

काठमाडौं— प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहले सुन तस्करीमा संलग्न पूर्व आईजीपीलाई अख्तियार पमुख बनाउन खोजिएको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् । पूर्व आईजीपीलाई किन बयानमा बोलाइँदैन ? किनकी पालिएको छ । उल्टै अख्तियार प्रमुख बनाउन लबिङ भइरहेको छ,’ उनले भने । 

तर ती व्यक्ति को हुन भन्ने उनले केही बताएनन् । सुन तस्करीमा संलग्न व्यक्तिलाई प्रमुख बनाएर अख्तियार दुरुपयोग अनुसन्धान कस्तो हुन्छ भन्दै उनले सरकारको ध्यानाकर्षण गरे ।  

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १५:५१
Weather Update