
कर्मचारीले शासकको व्यवहार गर्छन् भन्ने सोच बदल्न जरुरी छ : मुख्यसचिव अर्याल बिहीबार, भदौ २१, २०८० मुख्यसचिव डा.वैकुण्ठ अर्यालले बिहीबार निजामती सेवालाई प्रविधिमैत्री बनाउँदै लैजानु पर्ने आवश्यकता रहेको बताएका छन् ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहीबार, भदौ २१, २०८० बैठकले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त बिहीबार, भदौ २१, २०८० कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन् ।
![मावि तहको नतिजा प्रकाशन [सूची]](https://newsgriha.com/uploads/posts/520X390/tsc-teacher-service-siksyaksewa.jpg 11684034655.jpg)
मावि तहको नतिजा प्रकाशन [सूची] बिहीबार, भदौ २१, २०८० शिक्षक सेवा आयोगले सामाजिक विषयको माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) को नतिजा प्रकाशन गरेको छ ।

शिक्षा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय बिहीबार, भदौ २१, २०८० सरकारले संघीय शिक्षा विधेयकलाई संसदमा पेस गर्ने निर्णय गरेको छ ।

सन्दीपविरुद्धको मुद्दा : पीडितको जन्ममितिको कागज मगाउने आदेश बिहीबार, भदौ २१, २०८० लामिछानेविरुद्ध गत वर्षको भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्त काठमाडौंमा जाहेरी दिएकी थिइन् ।
चिनियाँ राजदूतलाई सचेत गराउन परराष्ट्रलाई संसदीय समितिको निर्देशन बिहीबार, भदौ २१, २०८० अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका प्रायः सबै सदस्यले चिनियाँ राजदूत छनको अभिव्यक्तिको विरोध गरेका थिए । उनीहरूको विरोधपछि समिति सभापति राजकिशोर यादवले परराष्ट्र मन्त्रालयले राजदूतसँग सोधपुछ गरेर सचेत गराउन निर्देशन दिए ।

लम्पी स्किन रोगबाट देशभर ५२ हजारभन्दा बढी पशुको मृत्यु बिहीबार, भदौ २१, २०८० कृषि तथा पशुपक्षी मन्त्री बेदुराम भुसालले लम्पी स्किन रोगको सङ्क्रमणबाट अहिलेसम्म १५ लाख १९ हजार सात सय ७९ पशु सङ्क्रमित भएको जानकारी दिएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले सरकारले उपचारमा सक्दो प्रयास गरिरहेको समेत दाबी गरे ।

राष्ट्रसंघ महासभालाई प्रधानमन्त्रीले असोज ४ मा सम्बोधन गर्ने बिहीबार, भदौ २१, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघको ७८ औं महासभालाई ४ असोजमा सम्बोधन गर्ने भएका छन् ।न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना हुने महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री भदौ ३० मा अमेरिका जाने तय भएको छ ।

महेन्द्र यादवमाथिको आक्रमणबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ बिहीबार, भदौ २१, २०८० सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथिको आक्रमण र कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु भएको सम्बन्धमा सदनलाई जानकारी गराउन रुलिङ गरेका छन् । बिहीबार प्रतिनिधि सभाको शून्य र विशेष समयमा बोल्दै सांसदहरुले यी दुई घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गरेका थिए । त्यस आधारमा सभामुखले जानकारी गराउन सरकारलाई निर्देश गरेका...

उपचार नपाएर कान्ति अस्पतालमा बालिका मृत्यु प्रकरणबारे सरकारको जवाफ माग बिहीबार, भदौ २१, २०८० कान्ति बाल अस्पतालमा उपचार नपाएर एक बालिकाको मृत्यु भएको विषयमा प्रतिनिधिसभामा सांसदहरूले प्रश्न उठाउँदै सरकारको जवाफ मागेका छन् । उपचारका लागि लगिएकी बालिका रेजिशा गोपालीको सोमबार मृत्यु भएको थियो । बिरामी भएर छटपटाइरहेकी बालिकालाई दुई घण्टासम्म चिकित्सकले नहेर्दा उनको इमर्जेन्सी कक्षमै मृत्यु भएको थियो ।
प्रधानमन्त्रीको चीन भ्रमणको कार्यसूची सदनलाई जानकारी गराउन माग बिहीबार, भदौ २१, २०८० उनले नेपाललाई आत्मनिर्भर हुने जलाशयसम्बन्धी परियोजनामा चीनले सघाउन सक्नेमा जोड दिँदै पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका विभिन्न सहरबाट सिधा हवाई उडान सञ्चालनको पहल गर्न र बीआरआई परियोजनामा हस्ताक्षर भइसकेकाले लागू गर्न स्मरण गराए । प्रधानमन्त्री दाहाल आगामी असोज पहिलो साता चीन भ्रमणमा जाँदै छन् ।








