सन्दीपविरुद्धको मुद्दा : पीडितको जन्ममितिको कागज मगाउने आदेश

काठमाडौं— क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले पुनः पीडितको जन्ममितिको कागजात मगाउने आदेश दिएको छ । न्यायाधीश शकुन्तला कार्कीको इजलासले जन्ममितिको कागजात मगाउने आदेश दिएको हो ।
उक्त मुद्दामा सरकारी वकिल सुरवीर परियार, पीडित पक्षबाट मोहना अन्सारी, नारायण चौलागाईंले बहस गरेका थिए । सन्दीपका वकिल सरोज घिमिरेले भने बसाइँ सरी गएको डकुमेन्टमा पीडितको यकिन जन्ममिति हुनसक्ने भन्दै त्यो कागजात मगाउन माग गरे । त्यसपछि कार्कीको इजलासले पुनः पीडितको जन्ममितिको कागजात मगाउने आदेश दिएको हो ।
लामिछानेविरुद्ध गत वर्षको भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्त काठमाडौंमा जाहेरी दिएकी थिइन् ।
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८० १७:५४













