शिक्षा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौं— सरकारले संघीय शिक्षा विधेयकलाई संसदमा पेस गर्ने निर्णय गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले शिक्षा विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको हो ।
यसअघि पनि मन्त्रिपरिषदबाट पारित भएको शिक्षा विधेयक तयारी नपुगेको भन्दै सरकारले संसदमा पेस गरेको थिएन । उक्त विधेयक पुनःअध्ययन गरेर संसदमा पेस गर्न लागिएको मन्त्रिपरिषद्का एक सदस्यले जानकारी दिए ।
शिक्षासम्बद्ध संघसंगठनले शिक्षा विधेयक आफूहरूसँग छलफल नगरी ल्याइएको भन्दै सरकारविरुद्ध आन्दोलन गरेका छन् ।
त्यसैगरी संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक २०८० लाई पनि संसदमा पेस गर्ने निर्णय भएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८० १८:२६













