News Griha :: न्यूजगृह
सरकारले दियो ४० जना कर्मचारीलाई निजामती सेवा पुरस्कार
सरकारले दियो ४० जना कर्मचारीलाई निजामती सेवा पुरस्कार शुक्रबार निजामती सेवा दिवसको अवसरमा सरकारले ४० जना कर्मचारीलाई उत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको हो । उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेहरूमा धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव बुद्ध बहादुर गुरुङ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कविन्द्र नेपाल लगायत १० जना छन् ।
तनावमा प्रचण्ड, अमेरिका भ्रमणअघि नै टीआरसी विधेयक टुंग्याउन दौडधुप 
तनावमा प्रचण्ड, अमेरिका भ्रमणअघि नै टीआरसी विधेयक टुंग्याउन दौडधुप  भदौ अन्तिममा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड अमेरिका जान लागेका छन् । नेपालको सङ्क्रमणकालीन न्याय निरुपणमा भइरहेको बिलम्ब लाई लिएर अन्तर्राष्ट्रिय जगतको गम्भीर चासो छ । पछिल्लो हप्ता मात्रै पनि अमेरिकी सिनेटरले यसबारे प्रधानमन्त्रीसहित प्रमुख प्रतिपक्षी दलका नेताहरूसँग चासो राखेका थिए । 
अझै सम्पर्कमा आएनन् नेपाली सेनाका गुल्मपति, १२ दिनदेखि अवस्था अज्ञात
अझै सम्पर्कमा आएनन् नेपाली सेनाका गुल्मपति, १२ दिनदेखि अवस्था अज्ञात पण्डित भदौ १० गतेदेखि सम्पर्कविहीन छन् । उनको मोबाइलको अन्तिम लोकेसन ब्यारेकबाट एक घण्टाको पैदल दूरीमा रहेको त्रिपुराकोट देखाएको थियो। पण्डितको खोजीको लागि नेपाल प्रहरी र नेपाली सेनाको टोली खटिएको छ । तर २ हप्ता हुनै लाग्दासमेत उनी फेला परेका छैनन् ।
चेपाङ समुदायले किन मनाउँछन् छोनाम अर्थात् न्वागी पर्व ? 
चेपाङ समुदायले किन मनाउँछन् छोनाम अर्थात् न्वागी पर्व ?  चेपाङ समुदायले छोनाम (न्वागी) पर्व मनाउँदै छन् । सो समुदायको प्रमुख धार्मिक पर्वका रूपमा मनाइने छोनाम अर्थात् न्वागी पर्व हरेक वर्ष भदौ २२ गते पर्दछ । 
महाराजगञ्जस्थित टिचिङ अस्पतालले माग्यो ५० स्टाफ नर्स
महाराजगञ्जस्थित टिचिङ अस्पतालले माग्यो ५० स्टाफ नर्स त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्जले ५० जना स्टाफ नर्स माग गरेको छ ।
काठमाडौं महानगरमा आज शोक बिदा
काठमाडौं महानगरमा आज शोक बिदा काठमाडौं महानगरपालिकाले आज शुक्रबार शोक बिदा दिएको छ ।
के विद्यालय कर्मचारीले पुनः आन्दोलन गर्न लागेका हुन् ?
के विद्यालय कर्मचारीले पुनः आन्दोलन गर्न लागेका हुन् ? नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै दबाबका लागि काठमाडौं केन्द्रित आन्दोलन गर्नुपर्ने अवस्थामा आउन लागेकाले तयारी अवस्थामा रहन बिहीबार साँझ विद्यालय कर्मचारीलाई अनुरोध गरेका छन् ।
सरकारले यो वर्ष पनि भेटाएन सर्वोत्कृष्ट निजामती कर्मचारी
सरकारले यो वर्ष पनि भेटाएन सर्वोत्कृष्ट निजामती कर्मचारी सरकारले यो वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी पाउन सकेन । निजामती सेवा दिवसको अवसरमा कर्मचारीहरूलाई पुरस्कृत गर्ने परम्परा छ । तर, यस पटक पनि सरकारले सर्वोत्कृष्ट निजामती कर्मचारी घोषणा गर्न सकेन । हाल करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन् । 
आज विभिन्न कार्यक्रम गरी निजामती सेवा दिवस मनाइँदै
आज विभिन्न कार्यक्रम गरी निजामती सेवा दिवस मनाइँदै शुक्रबार निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि वि.सं.२०६२ भदौ २२ गतेबाट मात्र औपचारिकरूपमा यो दिवस मनाउन थालिएको हो ।
आज सार्वजनिक बिदा
आज सार्वजनिक बिदा बाग्मती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । 
मौसम : मनसुनी वर्षा कहिलेसम्म ?
मौसम : मनसुनी वर्षा कहिलेसम्म ? आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शैक्षिक क्षेत्रको विकासमा प्रदेश सरकार गम्भीर : मुख्यमन्त्री शाह
शैक्षिक क्षेत्रको विकासमा प्रदेश सरकार गम्भीर : मुख्यमन्त्री शाह एक पालिका एक नमूना विद्यालयको अवधारणा बनाएर त्यसलाई कार्यान्वयन गर्ने तयारीमा प्रदेश सरकार रहेको उनको भनाइ थियो ।
Weather Update