News Griha :: न्यूजगृह
अझै सम्पर्कमा आएनन् नेपाली सेनाका गुल्मपति, १२ दिनदेखि अवस्था अज्ञात

काठमाडौं—  डोल्पाको दुनैस्थित नेपाली सेनाको नन्द बक्स गुल्मका गुल्मपति विमल पण्डित अझै सम्पर्कमा आएका छैनन् ।

पण्डित भदौ १० गतेदेखि सम्पर्कविहीन छन् । उनको मोबाइलको अन्तिम लोकेसन ब्यारेकबाट एक घण्टाको पैदल दूरीमा रहेको त्रिपुराकोट देखाएको थियो। पण्डितको खोजीको लागि नेपाल प्रहरी र नेपाली सेनाको टोली खटिएको छ । तर २ हप्ता हुनै लाग्दासमेत उनी फेला परेका छैनन् ।

‘हामीले उहाँ जान सक्ने सम्भावित ठाउँ खोजिसक्यौं।भीर–पहरा, नदी किनार सबैतिर खोज्यौं। बाहिर जिल्लामा पनि सर्कुलर भएर खोजी भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डीएसपी शिव बुढाथोकीले भने, ‘पत्ता लाग्नै सकेन।’  

पण्डित काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका, डाँछी निवासी हुन् ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  ०९:५४
Weather Update