News Griha :: न्यूजगृह
काठमाडौं महानगरमा आज शोक बिदा

काठमाडौं— काठमाडौं महानगरपालिकाले आज शुक्रबार शोक बिदा दिएको छ ।

काठमाडौं—१६ का अध्यक्ष मुकुन्द रिजालको मृत्यु भएकाले महानगरपालिका र महानगरपालिका अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिइएको हो ।

रिजालको बिहीबार ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उनी गत आइतबारदेखि सोही अस्पतालमा उपचाररत थिए ।

उनकाे भाइरल निमाेनियाका कारण मृत्यु भएकाे थियाे ।


 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  ०७:२७
Weather Update