1688303615.jpg)
काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै दबाबका लागि काठमाडौं केन्द्रित आन्दोलन गर्नुपर्ने अवस्थामा आउन लागेकाले तयारी अवस्थामा रहन बिहीबार साँझ विद्यालय कर्मचारीलाई अनुरोध गरेका छन् ।
विभिन्न माग राखेर पटक–पटक काठमाडौं केन्द्रित आन्दोलन गर्दा परिषद्सँग सरकारले सहमति गरेको थियो ।तलब, सेवासुविधा, पेसागत स्थायित्वलगायतका विषयमा सहमति भएर पनि कार्यान्वयन हुन सकेको छैन ।
अध्यक्ष तिवारीसहित विद्यालय कर्मचारीहरू सहमति कार्यान्वयन गर्न दबाबका लागि दिनहुँजसो सिंहदरबार तथा मन्त्री, सांसद, नेताको दैलोमा पुग्ने गरेका छन् ।
सरकारको ढाँटछलले दिक्क अध्यक्ष तिवारीले पुनः आन्दोलनका लागि तयारी अवस्थामा रहन अनुरोध गरेको बुझिएको छ ।
उनी सामाजिक सञ्जालमा लेख्न्छन्,‘आदरणीय विद्यालय कर्मचारीका नेताहरू कुनै पनि समय काठमाडौं केन्द्रित भएर काम गर्नुपर्ने अवस्था आउने भएको हुँदा तयारी अवस्थामा रहनका लागि हार्दिक अनुरोध गर्दछु ।’













