News Griha :: न्यूजगृह
सरकारले यो वर्ष पनि भेटाएन सर्वोत्कृष्ट निजामती कर्मचारी

काठमाडौं— सरकारले यो वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी पाउन सकेन । निजामती सेवा दिवसको अवसरमा कर्मचारीहरूलाई पुरस्कृत गर्ने परम्परा छ । तर, यस पटक पनि सरकारले सर्वोत्कृष्ट निजामती कर्मचारी घोषणा गर्न सकेन । हाल करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन् । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निजमती सेवाका ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । तर सर्वोत्कृष्ट निजामती कर्मचारी भने भेटिएनन् । केही वर्षदेखि सरकारले सर्वोत्कृष्ट निजामती कर्मचारी भेटाउन सकेको छैन ।

शुक्रबार निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि २०६२ साल भदौ २२ गतेबाट मात्र औपचारिकरूपमा यो दिवस मनाउन थालिएको हो ।

२०१३ साल भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउन थालिएको हो ।

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  ०६:५४
Weather Update