News Griha :: न्यूजगृह
निजामती विधेयकमा ट्रेड युनियन अधिकार यथावत : प्रधानमन्त्री

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा विधेयकमा ट्रेड युनियन अधिकारको व्यवस्था यथावत राखिएको बताएका छन् । 

शुक्रबार निजामती सेवा दिवस, २०८० को अवसरमा उनले विधेयकमा अहिले भइरहेको व्यवस्थालाई केही पनि परिवर्तन नगरिएको बताएका हुन् । 

प्रचण्डले भने,‘ ट्रेड युनियन अधिकारको व्यवस्थामा हामीले केही पनि परिवर्तन गरेका छैनौँ । त्यसमा तपाईँहरू ढुक्क रहनुहोला । हामीले यो प्रशासनलाई कसरी बलियो बनाउने भन्ने बारे हामी सबैले विचार गर्नुपर्छ ।’ 

सोही समारोहमा ट्रेड युनियनको तर्फबाट उत्तम कटुवालले सम्बोधन गर्ने क्रममा ट्रेड युनियनको अधिकार कटौती गर्ने गरी विधेयक तयार पारिएको भन्दै विरोध जनाएका थिए । 
प्रधानमन्त्री दाहालले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय निजामती सेवा विधेयक पारित गर्दै संसद्मा पेस गर्ने निर्णय गरेको जानकारी समेत दिए । 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १०:४५
Weather Update