महाराजगञ्जस्थित टिचिङ अस्पतालले माग्यो ५० स्टाफ नर्स

काठमाडौं— त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्जले ५० जना स्टाफ नर्स माग गरेको छ ।
विश्वविद्यालयले शुक्रबार सूचना जारी गर्दै संस्थानअन्तर्गतका शिक्षण अस्पताल (टिचिङ) केन्द्रहरूमा अस्थायी सेवामा ५० जना स्टाफ नर्स माग गरेको हो ।
त्रिवि वा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिले असोज ५ गते दिउँसोसम्म आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८० ०७:३५













