News Griha :: न्यूजगृह
सरकारले दियो ४० जना कर्मचारीलाई निजामती सेवा पुरस्कार

काठमाडौं— सरकारले ४० जना कर्मचारीलाई पुरस्कृत गरेको छ ।

शुक्रबार निजामती सेवा दिवसको अवसरमा सरकारले ४० जना कर्मचारीलाई उत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको हो । उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेहरूमा धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव बुद्ध बहादुर गुरुङ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कविन्द्र नेपाल लगायत १० जना छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार दिने निर्णय गरेको थियो । 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १०:३७
Weather Update