News Griha :: न्यूजगृह
आज सार्वजनिक बिदा

काठमाडौं— बाग्मती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

सोमबार बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले चेपाङहरूको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा आज बिदा दिएको हो ।

मकवानपुर, चितवन र धादिङमा आज सार्वजनिक बिदा दिइएको बाग्मती सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  ०५:५८
Weather Update