News Griha :: न्यूजगृह
प्रधानमन्त्रीको चीन भ्रमणको कार्यसूची सदनलाई जानकारी गराउन माग

काठमाडौं— प्रतिनिधि सभाको बिहीबारको बैठकमा नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणको प्राथमिकता र कार्यसूचीबारे सदनलाई जानकारी दिन माग गरेका छन् ।

बैठकको विषेश समयमा सांसद पन्तले प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्र अमेरिकाबाट सिधै चीन जानुभन्दा आफ्नै भूमिमा फर्किएर चीन जानु राम्रो हुने उल्लेख गर्दै चिनियाँ पुँजी र प्रविधि नेपालमा ल्याउन ठोस पहल गर्न आग्रह गरे । 

उनले नेपाललाई आत्मनिर्भर हुने जलाशयसम्बन्धी परियोजनामा चीनले सघाउन सक्नेमा जोड दिँदै पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका विभिन्न सहरबाट सिधा हवाई उडान सञ्चालनको पहल गर्न र बीआरआई परियोजनामा हस्ताक्षर भइसकेकाले लागू गर्न स्मरण गराए । प्रधानमन्त्री दाहाल आगामी असोज पहिलो साता चीन भ्रमणमा जाँदै छन् । 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १६:०२
Weather Update