कर्मचारीले शासकको व्यवहार गर्छन् भन्ने सोच बदल्न जरुरी छ : मुख्यसचिव अर्याल

काठमाडौं— मुख्यसचिव डा.वैकुण्ठ अर्यालले बिहीबार निजामती सेवालाई प्रविधिमैत्री बनाउँदै लैजानु पर्ने आवश्यकता रहेको बताएका छन् ।
अर्यालले सार्वजनिक सेवा प्रवाहलाई चुस्तदुरुस्त एवम् प्रभावकारी बनाउन प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताएका हुन् ।
निजामती प्रशासन सेवाका कर्मचारीलाई जनताले अनुभूत गर्ने गरी सेवा प्रवाहलाई सहज र सरलीकृत बनाउन उनको सुझाव छ ।
भन्छन्,‘कर्मचारीले शासकको व्यवहार गर्छन् भन्ने सोच बदलेर हामी सेवाग्राहीको पक्षमा छौँ, शासक होइनौँ भन्ने विश्वास दिलाउन जनताले अनुभूति गर्नेगरी अगाडि बढनुपर्छ ।’
उनले आफ्नो कार्यकालमा निजामती सेवालाई कार्य सम्पादनमुखी कर्मचारीतन्त्रका रूपमा परिवर्तन गर्न लागिपर्ने बताउँदै प्रशासन क्षेत्रलाई अब्बल, सक्षम र सबल बनाउन प्रयासरत रहेको जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८० १९:५७













