सन्दीपविरुद्धको बलात्कार मुद्दा न्यायाधीश कार्कीको इजलासमा

काठमाडौं— चर्चित क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको पेसी न्यायाधीश शकुन्तला कार्कीको इजलासमा परेको छ ।
काठमाडौं जिल्ला अदालतमा विचाराधीन लामिछानेविरुद्धको बलात्कार मुद्दाको अन्तिम बहस पटकपटक स्थगित हुँदै आएकोमा बिहीबारका लागि पेसी तोकिएको छ । भदौ १० गते जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी थियो ।
तर, सो मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेपछि अदालतले बिहीबार लागि अर्को पेसी तोकेको हो ।पेसी सरेपछि सन्दीप एसिया कप खेल्न पाकिस्तान गएका थिए । त्यसपछि उनी श्रीलङ्कामा भएको भारतविरुद्धको खेल खेलेर बुधबार टोलीसहित स्वदेश फर्किएका छन् ।
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८० ११:२३