News Griha :: न्यूजगृह
कांग्रेस सहमहामन्त्री यादवको स्वास्थ्य अवस्था स्थिर, शल्यक्रिया गरियो

काठमाडौं— नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था स्थिर रहेको छ।

उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. बद्री रिजालका अनुसार सहमहामन्त्री यादवको स्वास्थ्य अवस्था स्थिर र चिकित्सकको निगरानीमा सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको  छ । पूर्वमन्त्रीसमेत रहेका यादवको टाउकामा गम्भीर चोट लागेको र सीटी स्क्यान गर्दा कुनै पनि आन्तरिक चोट नदेखिएको डा. रिजालले बताए ।

यादवको टाउकाको पछिल्लो भागमा रहेको घाउलाई न्युरोसर्जन चिकित्सकद्वारा शल्यक्रिया गरी रक्तश्राव रोकिएको र टाँका लगाइएको छ। सहमहामन्त्री यादवमाथि बुधबार दिउँसो साढे २ बजे भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब अगाडि खुकुरी प्रहार भएको थियो । उनलाई तत्काल उपचारका लागि ट्रमा सेन्टर पुर्‍याइएको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  ०९:५६
Weather Update