चार सदस्यीय सुन तस्करी जाँचबुझ आयोग गठन आइतबार, असोज १४, २०८०

उच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय आयोग गठन गरिने आइतबार, असोज १४, २०८० सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय छानबिन आयोग गठन गर्ने सहमति भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार भएको छलफलपछि उक्त निर्णय गरिएको छलफलमा सहभागी एमालेका सचेतक महेश बर्तौलाले जानकारी...

मूल्यवृद्धिप्रति सरकारलाई बाबुरामको प्रश्नैप्रश्न आइतबार, असोज १४, २०८० पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले सरकारले गरेको मूल्यवृद्धिप्रति प्रश्नैप्रश्न गरेका छन् । सरकारले चाडबाडको मुखमा इन्धन र खाद्यान्न मूल्यवृद्धि गरेपछि बाबुरामले आइतबार जनताप्रति असंवेदनशील हुँदै गएको भन्दै प्रश्न गरेका हुन् ।

अभिनाशले तोडे सन्दीपको कीर्तिमान आइतबार, असोज १४, २०८० १९औँ एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा अभिनाश बोहराले सन्दीप लामिछानेको कीर्तिमान तोडेका छन् । उनले टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालका उत्कृष्ट बलिङ गर्ने कीर्तिमान बनाएका हुन् ।

मूल्य वृद्धिमा आपत्ति जनाउँदै रविले गरे प्रधानमन्त्रीले बोलाएर बैठक बहिस्कार आइतबार, असोज १४, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चाडबाडको मुखमा सरकारले मूल्यवृद्धि गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक वहिष्कार गरेको बताएका छन् ।

तीनकुने पुलबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु आइतबार, असोज १४, २०८० काठमाडौंको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार स्थानीयले बाग्मती नदी किनारमा बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मालदिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित आइतबार, असोज १४, २०८० मालदिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित भएका छन् । निवर्तमान राष्ट्रपति इब्राहिम सोलिहलाई हराउँदै ४५ वर्षीय मुइज्जु राष्ट्रपति निर्वाचित भएका हुन् ।

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा छलफल आइतबार, असोज १४, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार बालुवाटारमा भेटवार्ता भएको छ ।

खोलाले बगाएको जीप भेटियो, एक मृत फेला, दुई अझै बेपत्ता आइतबार, असोज १४, २०८० पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादी खोलामा आएको बाढीले बगाएको जीप फेला परेको छ । कुश्मा नगरपालिका–८ को मोदी खोला र तमादी खोलाको दोभानमा हिलोमा पुरिएको अवस्थामा जीप फेला परेको हो ।

सरकार र आन्दोलनरत चिकित्सकहरुको वार्ता जारी शनिबार, असोज १३, २०८० सरकार र आन्दोलनरत चिकित्सकहरुबीच वार्ता जारी छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा जारी वार्तामा चिकित्सकहरुले उठाएको मागबारे छलफल भइरहेको छ । पोखराको मणिपाल अस्पताल लगायतका स्थानमा चिकित्सकमाथि कुटपिट तथा दुव्यर्वहार भएपछि सुरक्षाको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए ।

रसुवाबाट तस्करीको १ किलो सुनसहित २ जना पक्राउ शनिबार, असोज १३, २०८० केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शनिबार बेलुकी सुनसहित २ जनालाई वेत्रावती पुलबाट पक्राउ गरेको हो । १ किलो सुनलाई चार टुक्रा बनाएर ल्याएको अवस्थामा उनीहरु पक्राउ परेका सीआईबी स्रोतले जनाएको छ ।

करिब तीन केजी सुनसहित विमानस्थलबाट एक जना पक्राउ शनिबार, असोज १३, २०८० पक्राउ पर्नेमा फिलिपिन्सकी ३० वर्षीया आर्बिकोन् अरोन्स मनालाङ्ग छिन् । उनलाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको हो । उनी फ्लाइ दुबईको उडानद्वारा काठमाडौं आएकी हुन् ।

काभ्रेबाट ८ जना जुवाडे पक्राउ शनिबार, असोज १३, २०८० पनौती नगरपालिका–५, चौकोटस्थित घनश्याम अधिकारीको होटेलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले अधिकारीसहित ८ जनालाई शुक्रबार राति पक्राउ गरेको हो । पक्राउ परेका अन्यको नाम प्रहरीले सार्वजनिक गरेको छैन । उनीहरूको साथबाट ५५ हजार ९९० रुपैयाँ र एक बुक तास बरामद भएको प्रहरीले जनाएको छ ।


1694786010.jpg)






