प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा छलफल

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार बालुवाटारमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीले छलफलका लागि बोलाएपछि अध्यक्ष ओली बालुवाटार पुगेका हुन् ।
आज बस्ने प्रतिनिधि सभा बैठक सञ्चालनका लागि प्रधानमन्त्रीले एमालेसँग छलफल गरेका हुन् ।
सुन तस्करी प्रकरणमा छानबिन गर्न आयोग गठन नभएको भन्दै एमालेले संसद सञ्चालनमा असहयोग गर्ने बताएको छ ।
बैठक दिउँसो १ बजे बोलाइएको छ ।
प्रकाशित मिति: आइतबार, असोज १४, २०८० ०९:३८













