स्लाइसमा अखाद्य वस्तु भेटियो, उत्पादक कम्पनीलाई २ लाख जरिवानाआइतबार, असोज १४, २०८०

ओढारमा लुकाएर सुन राख्ने सात पक्राउ आइतबार, असोज १४, २०८० जिल्ला प्रहरी कार्यालय दोलखाले ओढारमा लुकाएर सुन राख्ने सात जनालाई प्रकाउ गरी सार्वजनिक गरेको छ । विभिन्न मितिमा प्रहरीले सात जनालाई पक्राउ गरेको हो ।दोलखा प्रहरीले आइतबार लामाबगरबाट थप चार किलो सुन बरामद गरेको छ । दोलखाको बिगु गाउँपालिका–३ लामाबगरबाट प्रहरीले आइतबार दिउँसो सो परिमाणमा सुन बरामद गरेको हो...

दोलखामा थप ४ किलो सुन बरामद आइतबार, असोज १४, २०८० दोलखामा नेपाल प्रहरीले आइतबार थप ४ किलो सुन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले दिएकाे जानकारी अनुसार बिगु गाउँपालिका–१ लामाबगरबाट सुन बरामद गरिएको हो ।

शिक्षकलाई राजनीतिबाट अलग राख्नैपर्छ, ट्रेड युनियन अधिकार भने छ : शिक्षामन्त्री राई आइतबार, असोज १४, २०८० शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षकलाई राजनीतिबाट अलग राख्नैपर्ने अवस्था रहेको बताएका छन् ।
पशुपति जलहरी प्रकरणमा तत्कालीन सदस्य सचिव ढकालसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा आइतबार, असोज १४, २०८० अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा सुन हिनामिना गरेको आरोपमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा.प्रदीपकुमार ढकाल र तत्कालीन कोषाध्यक्ष मिलनकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता, १२ बजेपछि लागु हुने आइतबार, असोज १४, २०८० नेपाल आयल निगम पेट्रोलियम पदार्थमा मूल्य बढाउने निर्णयबाट पछि हटेको छ ।

शिक्षा विधेयकले शिक्षकको अभिव्यक्ति स्वतन्त्रता हनन गरेको छ : सांसद सुवाल आइतबार, असोज १४, २०८० नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अहिलेको शिक्षा विधेयकले शिक्षकको अभिव्यक्ति स्वतन्त्रता हनन गरेको टिप्पणी गरेका छन् ।

संसदलाई जानकारी गराएरै विदेश भ्रमण गएको हुँ : प्रधानमन्त्री आइतबार, असोज १४, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू विदेश भ्रमण जाँदा संसदलाई जानकारी गराएरै गएको स्पष्ट पारेका छन् ।
संघीय संसदमा टेबुल गरियो शिक्षा विधेयक आइतबार, असोज १४, २०८० शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय संसदमा विद्यालय शिक्षा विधेयक २०८० टेबुल गरेका छन् ।

केएमसी अस्पतालमा डाक्टरमाथि कुटपिट, सिनामंगलमा प्रदर्शन आइतबार, असोज १४, २०८० सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा डाक्टरमाथि कुटपिट भएको छ ।आइतबार दिउँसो इन्टर्नका डाक्टर मनिष खड्कामाथि कुटपिट भएको हो । कुटपिट घटनापछि केएमसीमा कार्यरत स्वाथ्यकर्मीले सिनामंगल चोकमा प्रदर्शन गरेका छन् ।

संसदमा रविको प्रश्न— आयल निगम कर्मचारीलाई बोनस बाँड्छ तर सधैं घाटामा छु भन्छ, के हो ? आइतबार, असोज १४, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आयल निगमको घाटाबारे यथार्थ निर्क्योल गर्न माग गरेका छन् ।आइतबार बसेको प्रतिनिधि सभा बैठकमा उनले कर्मचारीलाई सधैं बोनस बाँड्ने निगम कसरी घाटामा जान्छ भन्दै प्रश्न गरे ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता भइसक्यो : प्रधानमन्त्री दाहाल आइतबार, असोज १४, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता भइसकेको बताएका छन् ।आइतबार दिउँसो बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले मूल्यवृद्धि फिर्ता भइसकेको जनाएका हुन् ।

बढाइएको इन्धनको मूल्य फिर्ता लिन प्रधानमन्त्रीको निर्देशन आइतबार, असोज १४, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इन्धनको बढाइएको मूल्य फिर्ता लिन निर्देशन दिएका छन् ।नेपाल आयल निगमले शनिबार रातिदेखि लागु हुने गरी इन्धनको मूल्यवृद्धि गरेको थियो ।









