News Griha :: न्यूजगृह
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता भइसक्यो : प्रधानमन्त्री दाहाल 

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता भइसकेको बताएका छन् ।आइतबार दिउँसो बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले मूल्यवृद्धि फिर्ता भइसकेको जनाएका हुन् ।

चाडपर्वको मुखमा जनताले चर्को मूल्यवृद्धि खेप्नुपर्ने मध्यनजर गरेर मूलयवृद्धि तत्काल रोक्न र साबिककै मूल्य कायम गर्न नेपाल आयल निगमलाई निर्देशन दिएको प्रधानमन्त्रीले बैठकमा बताए ।

उनले भने,‘नेपाल आयल निगमले हिजोदेखि लागु हुने गरी पेट्रोलियम पदार्थकाे मूल्यवृद्धि गरेकाेमा आसन्न चाडबाड र उपभोक्ता हितलाई ध्यानामा राखी तत्काल फिर्ता लिन मैले निर्देशन गरे बमोजिम नेपाल आयल निगमले सो मूल्यवृद्धि फिर्ता लिई पूरानै मूल्य कायम गरेको छ ।’

 

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १४:१६
Weather Update