News Griha :: न्यूजगृह
केएमसी अस्पतालमा डाक्टरमाथि कुटपिट, सिनामंगलमा प्रदर्शन

काठमाडौं– सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा डाक्टरमाथि कुटपिट भएको छ ।

आइतबार दिउँसो इन्टर्नका डाक्टर मनिष खड्कामाथि कुटपिट भएको हो । कुटपिट घटनापछि केएमसीमा कार्यरत स्वाथ्यकर्मीले सिनामंगल चोकमा प्रदर्शन गरेका छन् ।

नेफ्रोलोजीको ओपीडीमा बिरामी लिएर आएका केही मानिसले डाक्टरमाथि कुटपिट गरेको पाइएको प्रहरीले जनाएको छ । डाक्टरमाथि कुटपिट घटनापछि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १४:४०
Weather Update